चर्को शुल्क लिने डाक्टरलाई साउदी मोर्चाले दियो कारवाहीको चेतावनी

विदुर खबर २०७७ भदौ १३ गते १७:१६

नुवाकोट । नेपाली जनप्रगतिशील मोर्चा साउदीले अनिरुद्र पाठक नामको नेपाली डाक्टरलाई कारवाहीको चेतावनी दिएको छ । भाद्र १२ गते मोर्चाले विज्ञप्ति मार्फत चेतावनी दिएको हो । कोरोनाको कहरसंगै बिभिन्न बाहानामा नेपाली मजदुरहरुलाई ठग्ने यस्ता ठगहरुलाई कारवाही गर्न नेपाल सरकार र नेपाली राजदुतावास साउदीलाई समेत अनुरोध गरेको छ ।

Advertisement

विज्ञप्तिको पूर्ण पाठ यस्तो छ:

कोरोना भाइरस ( Covid 19 )का कारण बिश्वब्यापी महामारी यथावतै छ । यसबाट अछुतो कुनै देश रहन नसकेको अहिलेको परिवेशमा अन्य मुलुकमा भन्दा नेपाली श्रमिकहरुको अवस्था साउदी अरबमा निक्कै नाजुक रहदा श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौ प्रलोभन, समस्या देखाइ पीडितहरु मार्फत मोटो रकम असुली गर्दै प्रत्यक्ष रुपमा जुन दलालिकरण दिनको दुई गुणा रातको चौगुणा बढ्दै गएकोछ यस बिसयमा “नेपाली जनप्रगतिशिल मोर्चा साउदि अरबले गम्भीरतापूर्वक लिएको छ र सम्बन्धित निकायलाई पनि गम्भीर ध्यानाकर्षण गराउदछ ।

Advertisement

उता उद्धारको नाममा आफ्नै देशको सरकारले पुजीवादी दलालिकरणलाई प्रेरणा दिदै एक पीडित बराबर टिकट, होटेल क्वारेन्टाइन गरि झन्डै नेपाली रुपैया दुइलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरण बनाइरहदा यो बिसयलाई फेरबदल गरि पीडितहरुलाइ सरकारी खर्चमा उद्धार गर्नको निम्ति जोडदार मागपनि राख्दछ ।

यता दूतावासले स्वीकृति दिएको साउदि अरबको राजधानी रियाद शहरको बथ्था स्थित ( Dhaka medical center )मा कार्यरत नेपाली डक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुदाहुदै पनि अनेकौ ऋण-धन गरि नेपाल जानलाग्नुभयका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम पर-ब्यक्ति ४८०० रियाल देखि ६४०० रियालसम्म चार्जलिदै बिना चेक-जाच गरि पीडितहरुलाइ कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछी न्युज २४ को ‘इश्यु अफ द डे’ को कार्यक्रम मार्फत सार्बजनिक भयो । यस बिसयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न / गराउन चाहन्छौ ।

Advertisement

यो बिसय एक ब्यक्तिमाथिको मात्रै नभइ समग्रमा सिङ्गो रास्ट्रप्रतिमाथिनै घात रहेको ठहर हामी र हाम्रो मोर्चाले गरेकोछ । यदि यो बिसयलाइ सामान्य ठानी दुतुवासले खरोरुपमा एक्सन नलियमा नेपाली डक्टर अनिरुद्र पाठकलाइ जस्तोसुकै कार्वाही चाहे भौतिक होस या कानुनी अथवा दुबै गर्नको निमित्त हाम्रो मोर्चाले कुनै कसर बाकी नराख्ने जानकारी दूतावासलाई गर्न चाहन्छौ, अनिरुद्र पाठकको इतिहास हामिले राम्रोसँग बुझेकाछौ उसले पैसाको निमित्त साउदिअरबमा के-कस्तो धन्दा हिजोकोदिनदेखी गर्दै आएकोछ त्योपनी हामिसंग स-प्रमाण सुरक्षीतनै रहेको जानकारी दूतावासलाई गराउन चाहन्छौ ।
क्रान्तिकारी अभिवादन !

महासचिव
टीकाराम वली (सुरेश)

अध्यक्ष
कसम मगर

प्रतिक्रिया