नुवाकोटका एकजना पत्रकारलाई कोरोना,अन्य पनि शंकाको घेरामा
नुवाकोट । नुवाकोटका एक पत्रकारमा कोरोना संक्रमण भएको छ ।

एक साताअघि पिसिआर परिक्षण गर्दै पत्रकार खनाल ।
नुवाकोटमा पछिल्लो २४ घण्टामा एकजना पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो परीक्षणमा पत्रकार महासंघ नुवाकोटका सचिव तथा स्थानीय रेडियो जालपाका स्टेसन म्यानेजर जगदिश खनाल कोरोना संक्रमित भएका हुन् । यससँगै नुवाकोटमा पहिलोपटक पत्रकारमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणको पुष्टि भएसँगै उनलाई त्रिशुली अस्पतालमा रहेको आइसोलसेन वार्डमा लगिएको छ ।
पत्रकार खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् । पत्रकार खनालले एकसाता अघि पिसिआर गरेका थिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया