एकैदिन हजारौंको संख्यामा थपिदैँ कोरोना संक्रमित,के गर्दैछ सरकार ?
नुवाकोट । नेपालमा पछिल्लोपटक दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।
मंगलबार मात्रै हालसम्मकै धेरै १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म देशभर नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । सरकारले लकडाउन खुकुलो पारेसंगै देशभर झन् धेरै कोरोना संक्रमित थपिन थालेका हुन् ।यसरी कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि संघीय सरकारभन्दा स्थानीय सरकार जागरुक देखिन थालेका छन् । देशभरका झण्डै ३ दर्जन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । भने कोरोना संक्रमित भेटिएका समुदाय नै सिल हुने गरेका छन् ।
संघीय सरकारले लकडाउनको जिम्मा स्थानीय सरकारलाई दिएर आफू पन्छिन खोजेको देखिएको छ । देशमा फेरि पूर्णरुपमा लकडाउन गर्दा अर्थतन्त्र कोमामा जाने लगभग निश्चित भएपनि सरकारको कोरोना संक्रमण रोक्न गतिलो पूर्व तयारी गर्नेतर्फ कुनै चासो देखिदैन । नेपालमा दैनिक ७ जनाको कोरोना संक्रमणबाट ज्यान थालेको छ । संक्रमितहरुमा कोरोनाका लक्षण पनि देखिन थालेका छन् । कोरोनाका बिरामी बढेसंगै स्वास्थ्य संकट झन् गहिरिएको छ ।
दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदा अस्पतालमा बेडको समेत अभाव हुन थालेको छ । गम्भीर बिरामीहरुका लागि आवश्यक आईसियु र भेन्टिलेटर खरिदमा पनि सरकार उदाशिन बनेको देखिन्छ । उल्टै कोरोना संकट गहिरिदै जादा यसको जिम्मेवार जनता स्वयम् बन्नुपर्ने भन्दै दैनिक प्रेस बिफ्रिङमै स्वास्थ्य मन्त्रालय रमाईरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया