एकैदिन हजारौंको संख्यामा थपिदैँ कोरोना संक्रमित,के गर्दैछ सरकार ?

विदुर खबर २०७७ भदौ २ गते १८:५४

नुवाकोट । नेपालमा पछिल्लोपटक दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।

Advertisement

मंगलबार मात्रै हालसम्मकै धेरै १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म देशभर नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । सरकारले लकडाउन खुकुलो पारेसंगै देशभर झन् धेरै कोरोना संक्रमित थपिन थालेका हुन् ।यसरी कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि संघीय सरकारभन्दा स्थानीय सरकार जागरुक देखिन थालेका छन् । देशभरका झण्डै ३ दर्जन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । भने कोरोना संक्रमित भेटिएका समुदाय नै सिल हुने गरेका छन् ।

संघीय सरकारले लकडाउनको जिम्मा स्थानीय सरकारलाई दिएर आफू पन्छिन खोजेको देखिएको छ । देशमा फेरि पूर्णरुपमा लकडाउन गर्दा अर्थतन्त्र कोमामा जाने लगभग निश्चित भएपनि सरकारको कोरोना संक्रमण रोक्न गतिलो पूर्व तयारी गर्नेतर्फ कुनै चासो देखिदैन । नेपालमा दैनिक ७ जनाको कोरोना संक्रमणबाट ज्यान थालेको छ । संक्रमितहरुमा कोरोनाका लक्षण पनि देखिन थालेका छन् । कोरोनाका बिरामी बढेसंगै स्वास्थ्य संकट झन् गहिरिएको छ ।

Advertisement

दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदा अस्पतालमा बेडको समेत अभाव हुन थालेको छ । गम्भीर बिरामीहरुका लागि आवश्यक आईसियु र भेन्टिलेटर खरिदमा पनि सरकार उदाशिन बनेको देखिन्छ । उल्टै कोरोना संकट गहिरिदै जादा यसको जिम्मेवार जनता स्वयम् बन्नुपर्ने भन्दै दैनिक प्रेस बिफ्रिङमै स्वास्थ्य मन्त्रालय रमाईरहेको छ ।

प्रतिक्रिया