पुनः लकडाउनको तयारीमा सरकार

नुवाकोट । कोरोना संक्रमितकाे संख्या ह्वात्तै बढदै गएपछि सरकारले पुनः लकडाउन गर्ने गृहकार्य अगाडि बढाएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खाका ल्याउन कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिलाई निर्देशन दिनुभएको छ । निर्देशक समितिको बैठक भोली बस्ने भएको छ । एक मन्त्रीका अनुुसार प्रधानमन्त्री ओली तत्काल लकडाउन गर्ने मनस्थितिमा रहुनुभएको छ, अब बस्ने मन्त्रीपरिषद्को बैठकमा निर्णय हुने सम्भावना छ । सिसिएमसीले सुझाव दिए लगत्तै बुधवार प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग अनौपचारिक रुपमा छलफल गर्ने कार्यक्रम रहेको ती मन्त्रीले बताए ।

फाईल फोटो ।
सरकारले गत चैत्र ११ गतेदेखि असार पहिलो सातासम्म लकडाउन गरेको थियो । चौतर्फी दबाब परेपछि सरकारले लकडाउन खुला गर्ने निर्णय गरेको थियो । तर देशभर कोरोना संक्रमितको संख्या बढेसँगै सरकार पुनः लकडाउन गर्ने गृहकार्यमा जुटेको छ । तीन साता अघि नै स्वास्थ्य क्षेत्रका विज्ञहरुले पूर्ण लकडाउन गर्न प्रधानमन्त्री ओलीलाई सुुझाव दिएका थिए । उक्त सुझावलाई प्रधानमन्त्री ओलीले ग्रहण गरेपनि कार्यान्वयन गर्नुभएको छैन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया