फेरि बढ्यो पेट्रोल डिजलको भाउ

विदुर खबर २०७७ साउन ३२ गते १९:४०

नुवाकोट । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ भने खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

Advertisement

निगमले आज (आइतबार) राति १२ बजेबाट लागू हुने गरी मूल्य एक एक रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य १०५ रुपैयाँ २५ पैसा, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रति लिटर पुगेको छ ।

निगमले १५ दिनअघि पनि निगमले पेट्रोल, डिजलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको थियो।

Advertisement

प्रतिक्रिया