कोरोनाको बेला दाल-भातका कुरा

विदुर खबर २०७७ साउन ३१ गते ९:१०
डा. अरुणा उप्रेती ।

                                                                – डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

नेपाल–भारतमा खाइने दाल, भात, रोटी, तरकारी, मसला स्वास्थ्यको लागि कति महत्वपूर्ण हुन्छ भन्ने बारेमा ‘नेचर जर्नल’ मा सन् २०१९, सेप्टेम्बरमा एउटा लेख प्रकाशित भएको थियो । त्यस लेखमा अहिलेका पुस्ताहरूले खाने बर्गर, पिज्जाजस्ता ‘फास्ट फुड’ ले गर्दा कसरी मुटु, मधुमेह रोगका साथै वंशाणुगत रोग ल्याउन मद्दत गर्छ र दाल, भातजस्ता खानाले कसरी स्वास्थ्य रक्षा गर्छ भन्ने बारेमा प्रकाश पारिएको छ । तीनजना वैज्ञानिकले परम्परागत भारतीय खाना र पश्चिमा खानाहरूका सम्बन्धमा दुई वर्षसम्म अनुसन्धान गरेर त्यसको परिणामस्वरुप उक्त लेख तयार गरेका थिए । यो अनुसन्धान रसियाका डा। आत्र्योम भरभ्योभ, इजरायलका डा। यास्का र भारतका तनय गुप्ताले गरेका थिए ।

Advertisement

उनीहरुको अनुसन्धानअनुसार जंकफुड (पत्रुु खाना) खानाले वंशाणुुगत रोग जस्तै– मोटोपन, मधुुमेह, उच्च रक्तचाप आदिका समस्या बढ्ने हुन्छ । तर हाम्रा परम्परागत खाना जस्तो– दाल, भात, तरकारी आदि खाँदा वंशाणुुगत समस्या कम भएर जान्छ ।

Advertisement

दाल–भातको मिश्रण गरेर खाँदा स्वास्थ्यमा हुुने फाइदाका बारेमा विश्वका विभिन्न पोषणविद्ले पहिलेदेखि नै भन्दै आएका छन् । भातमा भएको एमिनोएसिड दालमा हुुँदैन, दालमा भएको एमिनोएसिड भातमा हुुँदैन । त्यसैले यी दुुवैको मिश्रण गर्दा उत्तम भोजन बन्छ ।

हाम्रो भोजनको लागि चाहिने महत्वपूर्ण तत्व प्रोटिन नै विभिन्न एमिनोएसिडबाट बन्छ । हाम्रो शरीरका कोषहरु नै प्रोटिनबाट बनेका छन् । हुुर्कने उमेरका बच्चा वा भर्खर बिरामीबाट उठेका बच्चालाई तङ्ग्रिन अनि गर्भवती, सुुत्केरी आमालाई समेत प्रोटिनको जरुरत पर्छ । दाल–भात खाँदा यो सजिलै प्राप्त हुन्छ । साथै दाल र भात दुुवैमा रेसादार तत्व हुुन्छ । दालमा धेरै रेसा हुुन्छ भने भातमा चाहिँ कम हुुन्छ । यी दुुवैको मिश्रणले कब्जियतबाट बचाउँछ ।

Advertisement

दाल–भातको मिश्रण गरेर खाँदा स्वास्थ्यमा हुुने फाइदाका बारेमा विश्वका विभिन्न पोषणविद्ले पहिलेदेखि नै भन्दै आएका छन् । भातमा भएको एमिनोएसिड दालमा हँदैन, दालमा भएको एमिनोएसिड भातमा हुुँदैन । त्यसैले यी दुुवैको मिश्रण गर्दा उत्तम भोजन बन्छ ।

दाल, भात, तरकारी नेपालीहरूको पनि खाना भएकाले अहिले कोरोना संक्रमणका बेला यसबारेको चर्चा सान्दर्भिक हुन्छ । चामलको भातका साथै अन्य अन्नहरू जस्तै– कोदो, फापर, गहुँ आदिले पनि स्वास्थ्य राम्रो राख्छ । यी सबै हाम्रो परम्परागत खाना हुन् । बालबालिकालाई पनि जाउलो र खिचडी (अर्थात् दाल र भात मिसाएर पकाएको भोजन) दिने चलन छ । तर यसको पौष्टिक महत्वका बारेमा भने त्यति ध्यान दिइएको हुँदैन ।

दालमा भएको प्रोटिन र चामलको भातमा वा विभिन्न अन्नमा रहेको कार्बोहाइड्रेड मिसिएपछि पेटले पनि सन्चो मान्छ । त्यसैले त हामीकहाँ भेटघाट गर्दा ‘भात खायौ रु’ भनेर सोध्ने चलन छ । नेपालको जुन ठाउँमा धान फल्दैन त्यहाँ अरु विभिन्न थरीका अन्न उत्पादन हुन्छन् । तिनीहरूलाई पनि स्थानीय रुपमा उत्पादन हुने गेडागुडी वा तरकारीसँग खान सकिन्छ । यी खानाहरु स्वस्थ तथा पौष्टिक छन् भन्ने कुरा वैज्ञानिकहरुको अध्ययनले पनि सिद्ध गरेकाले हामीले खाइरहेका परम्परागत खानाहरु सही छन् भन्ने देखिन्छ ।

मानवशरीरमा हुने खर्बौं कोषलाई लगातार ऊर्जा चाहिन्छ । यदि कोषहरू थाके भने हामी पनि थकित बन्छौं । लगातार थाकिरहँदा र ऊर्जा कम हुँदा रोगसँग लड्ने शक्ति पनि कम हुँदै जान सक्छ । ऊर्जाका लागि खाना खान जरुरी छ । त्यसका लागि दाल, भात, तरकारी, रोटी, ताजा अचार, विभिन्न मसलाजस्ता हाम्रा परम्परागत खानाहरु उपयोगी छन् । यी खानाले हामीलाई स्वस्थ बनाएर चलायमान बनाउन शक्ति दिन्छ ।

आजकल पोषणको कुरा गर्दा ‘प्रोटिन, क्याल्सियम, आइरन, जिंक आदि क्याप्सुलको रुपमा दिए स्वास्थ्य राम्रो रहन्छ’ भन्ने भ्रामक प्रचार पनि भएको पाइन्छ । वास्तवमा यस्ता क्याप्सुलहरूले हाम्रो शरीर स्वस्थ राख्ने भन्दा पनि बढी पैसाको खती गराउँछ । हामीले प्राकृतिक खानाकै माध्यमबाट शरीरलाई चाहिने पौष्टिक तत्व लिनुपर्छ । यही हो हाम्रो परम्परागत ज्ञानको विशेषता, जसले भोजनलाई ‘क्याप्सुल’मा बन्द गरेर होइन, सम्पूर्णरुपमा हेर्छ ।

अहिले नेपालका विभिन्न रेस्टुरेन्टमा ‘नेपाली थाल। को चलन पनि आएको छ । थालमा भात खाने चलन त पुरानै हो । भारतमा पनि ‘गुजराती थाली’ प्रसिद्ध छ । यी थाल वा थालीमा हाम्रो भान्छामा पाक्ने दाल, तरकारी, अचार, दही, कढी, पापड सबै थोरै–थोरै मात्रामा तर पेट भरिने गरी दिइन्छ । ‘नेपालको थाल’मा त गुन्द्रुक, गोलभेंडा र टिमुरको अचार पनि हुन्छ । अर्थात् वैज्ञानिक भाषामा शरीरलाई चाहिने ‘सूक्ष्म पोषक तत्व’ले भरिपूर्ण हुन्छ । अलि–अलि खाँदा पनि पेट भरिन्छ, मनमा आनन्द हुन्छ । आनन्दपूर्ण तरिकाले खाएको खानाले राम्रोसँग खाना शोषण पनि हुन्छ । तनाव लिएर, झगडा गर्दै खाएको खाना पच्न गाह्रो हुन्छ, शरीरमा पोषण दिँदैन । त्यसैले होला हाम्रा पुर्खाले खाना खाँदा आनन्द मनले खानुपर्छ, झगडा गर्नु र बोल्नुहुँदैन भन्थे । भारतकी प्रसिद्ध पोषणविद् रिजुता दिवाकर पनि भात, दाल, तरकारीले स्वास्थ्य राम्रो हुने बताउँछिन् । भारतमा त ‘राजमा चावल’ भनेर एउटा रमाइलो हिन्दी फिल्म नै बनेको छ ।

नेपालमा समय–समयमा केही ‘जानिफकार’ले चाहिँ ‘भात र दाल’ सँगै नखानू, प्रोटिन खाएको चार घण्टापछि मात्रै कोर्बोहाइड्रेड खानू भनेर सिकाउँछन् । यो त बिहान दाल मात्रै खाएर ४ घण्टापछि भात खानू भनेको जस्तै भयो । कतिले चाहिँ एकचोटिमा एकै थरीको खाना खानुपर्छ अर्थात् एकचोटि भात मात्रै, अर्को चोटि रोटी मात्रै, अर्को चोटि तरकारी मात्रै । तर यसरी भात मात्र खाँदा त एउटा त स्वाद हुँदैन, अर्को शरीरमा प्रोटिन पुग्दैन । अर्को भात र दाल मिसाएर खाँदाको त स्वाद नै उत्तम हुन्छ ।

केही प्राकृतिक चिकित्सकले चाहिँ भात–दाल, दाल–रोटी, कोदो–गुन्द्रुक–दाल वा चनाको झोल सँगै नै खानुपर्छ भन्छन् । तर कतिपयले दाल खाँदा पेट ढुस्स हुन्छ, पचाउन गाह्रो हुन्छ, त्यसैले दाल नखानू भन्ने सल्लाह दिन्छन् । तर दाललाई केही समय पानीमा भिजाएर वा विभिन्न गेडागुडीहरू टुसा उमारेर खाएमा त्यसबाट उत्पन्न हुने ‘ग्यास’ कम हुन्छ । यस्तो समस्या अझ कम हुन्छ ।

यदि दाल पकाएपछि जिरा, हिङ, मेथी, जिम्बुले झान्यो भने अझ फाइदा गर्छ । नेपाली भान्छामा दाल झानेर खाने राम्रो चलन छ । अर्थात् परम्परागत व्यवहार र ज्ञानले हामीलाई दाल र गेडागुडी खाँदा ग्यास कम गर्न के गर्ने भनेर सिकाएको छ । विदेशतिर दालको सूप बनाएर खाँदा यसरी झान्ने चलन नभएकोले होला, दालबाट ग्यास हुन्छ भन्ने लागेको ।

खाना खाँदा हामीले स्वादको पनि विचार गर्नुपर्छ । आफ्नो संस्कृति, भूगोलअनुसारको खाना खाने हाम्रो बानी हुुन्छ । हाम्रो संस्कृतिमा त भात–दाल, दाल–रोटी सँगै खाने चलन छ । पोषणविद्हरू पनि यो सँग वैज्ञानिकरुपमा सहमत नै हुन्छन् ।

हामीकहाँ बिहान ९–१० बजेतिर भात खाने चलन छ । अहिले काममा जानेहरूले चाहिँ बिहान ‘ब्रेकफास्ट’ गर्ने चलन बढ्दो छ । यो बेला पनि स्वस्थकर खान सकिन्छ भन्ने कुराचाहिँ बुझ्नै पर्छ । विदेशबाट आएका बट्टाका खानेकुरा वा सेतो पाउरोटीचाहिँ अस्वस्थकर हुन्छ । कर्नफ्लेक्स (मकैको चिउरा) खानेलाई ‘हाम्रो त सस्तो ‘चिउरा’ खाजामा खान सकिन्छ। भन्यो भने हाँसोमा उडाउँछन् होला । तर ‘राइसफ्लेक’ खानू भनेर प्याकेटमा राखेको चिउरा दिइयो भनेचाहिँ धक नमानी खान्छन् होला ।

भारतको गुजरातमा पोहा अर्थात् चिउरालाई एकदम स्वादिष्ट मानेर खाइन्छ । पोहाका विभिन्न परिकार बनाएर ‘व्यापारीकरण’ पनि भइसकेको छ । अहिले पोहाका विभिन्न परिकार त्यहाँका बजारमा सजिलै किन्न पाइन्छन् । चिउराका विभिन्न परिकार सहजैसँग घरमा नै पनि बनाउन सकिन्छ । चिउरामा बदाम, आलु हालेर स्वादिष्ट खाजा बन्छ । अण्डा, चना वा विभिन्न गेडागुडी उसिनेर चिउरामा मिलाई खाजा बनाउन सकिन्छ । दूध–चिउरा वा दही–चिउरा त हाम्रो संस्कृतिको अंग नै हो । चिउरा ऊर्जाको स्रोत हो ।

अहिले त गहुँ, जौको चिउरा पनि पाइन्छ । मकै वा गहुँको दलिया पनि बिहान वा दिउँसोको खाजाको लागि उत्तम हुन्छ । पकाउन पनि एकदम सजिलो, स्वादिष्ट र पौष्टिकताले भरिपूर्ण दलिया दूध हालेर वा तरकारी हालेर पकाउन सकिन्छ । यस्ता थुप्रै सहजै तरिकाले बनाउन र खान सकिने खाना हामीसँग हुँदाहुँदै, हामी किन पत्रु खानामा लोभिन्छौं, बुझ्न गाह्रो छ ।

अहिले ‘कोभिड–१९’ को बेला त झन् स्वास्थ्य राम्रो राख्न, रोगसँग लड्न शक्ति बढाउन हाम्रो भान्छामा भएका ताजा परम्परागत खाना नै उत्तम हुन्छ । यो बेलामा बालबालिकालाई पनि ‘पत्रु खाना’ खाना हुँदैन भनेर बुझाउन सक्ने स्थिति छ । अब ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, दाल–भात हाम्रो थालमा’ भनेर विचार गर्ने हो कि ?

( साधना मासिकबाट साभार )

प्रतिक्रिया