आज सुनको भाउमा भारी गिरावट, तोलामै ६२०० रुपैयाँले घट्यो
नुवाकोट । लगातार शिखर चढ्दै गरेको सुनको भाउमा आज प्यापक गिरावट आएको छ ।
लगातार घटिरहेको सुनको भाउमा आज बुधबार तोलामै ६ हजार २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार पनि तोलामै ८०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार १०० रुपैयाँ कायम भएको थियो।
गत सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको थियो। यो साता कारोबारको पहिलो दिन आइतबार तोलामै ९०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको थियो।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढेको थियो। आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ। आज तोलामै २२५ रुपैयाँ घट्दै चाँदी प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामै ४० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ४३५ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च पनि हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटसँगै नेपाली बजार पनि प्रभावित भएको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔँस २३ डलरले घटेर १ हजार ८९३ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार विश्वमै रुसले कोरोनाविरुद्धको सफल भ्याक्सिन बनाएको दाबी गरेसँगै विश्व बजारमा अन्य लगानीका क्षेत्रमा आशा बढेको छ। यसले पनि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरु बताउँछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मौन अवधि सुरु, सबैखाले प्रचार बन्द
नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु





प्रतिक्रिया