कांग्रेसले भन्यो : कोरोना नियन्त्रणमा सरकार असफल

विदुर खबर २०७७ साउन २६ गते १९:४२

विदुर । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ ।

Advertisement

सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍‍यो ।’ कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए ।

सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए । स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ । यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन । तर यो सरकार रहुन्जेल यही सरकारलाई साधन स्रोत दुरुपयोग नगर भन्नुपर्छ ।’ अघि भने, सरकारले गर्ला र सुरक्षित होऔंला भन्ने नठानौं । आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍यो । आफ्ना साथीभाइ, घरगाउँलाई सुरक्षित रहन भनौं ।’

Advertisement

उनले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया