काठमाडौं उपत्यका कोरोनाको ‘हब’ बन्ने खतरा

विदुर खबर २०७७ साउन २५ गते १८:११

नुवाकोट । काठमाडौं उपत्यकामा हालसम्म ११३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

काठमाडौं जिल्लामा ९०६ जना,ललितपुरमा १३८ जना र भक्तपुरमा ८६ जना कोरोना संक्रमित रहेका छन् । आईतबार संक्रमण पुष्टि भएका ९२ जना समेत जोडेर ११३० जना कोरोना संक्रमित पुगेका हुन् । आईतबार काठमाडौं जिल्लामा ९० जना र ललितपुरमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वरले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या  उपत्यकामा दैनिक बृद्धि भईरहेको छ । यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । यससंगै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् ।

Advertisement

भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।

प्रतिक्रिया