३३ केजी सुन प्रकरण: गोरेका भाई दुवइमा पक्राउ
काठमाडौं,साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीले युएइ प्रहरीलाई पक्राउ गरी नेपाल पठाइदिन आग्रह गरेकोमा उनलाई त्यहांको प्रहरीले पक्राउ गरी नेपाल पठाइदिन लागेको हो ।
उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो। उप्रेती सो गिरोहका मुख्य अभियुक्त गोरेका भाई हुन ्। उप्रेती दुबईमा व्यवसायको आवरणमा सुन तस्करी तथा हुन्डीको कारोबार गर्दै आएको प्रहरीले लामो अनुसन्धानपछि पत्ता लगाएको थियो । उनलाई त्यहाँबाट ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उप्रेतीलाई फरार प्रतिवादीका रुपमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भइसकेको छ। सो प्रकरणमा उप्रेतीसहित ४ जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो । बेनु श्रेष्ठ, मोहन अग्रवाल, र हरिशरण खड्काविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।
केन्द्रमै आधा लाख कर्मचारी रहने
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया