भक्तपुरमा आएको बाढीपहिरो र डुबानबाट १२ करोड क्षति
भक्तपुर, भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिराका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।
डुबानमा ५२२ र पहिरामा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३ किराना र थोक पसल, एक एक सडक र पुल, दुई दुई अस्पताल र विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७ बंगुर र ८२५ कुखुरा बगाएको छ ।
उद्योग, कलकारखाना र पेट्रोल पम्पमा करीव रु तीन करोड ९३ लाख ९५ हजार १२५, किराना र थोक पसलमा करीव रु चार करोड ४६ लाख १३ हजार, अस्पतालमा रु तीन करोड ४० लाख १६ हजार , मेरिगोल्ड इङ्गलिस स्कूल बालकोटमा रु तीन लाख, चौपाया र पशुपक्षीमा करीव रु १० लाख २६ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक रहेको प्रजिअ भट्टले जानकारी दिनुभयो ।
प्रहरी परिचालन गरी संकलित क्षति विवरण सार्वजनिक गर्दै उहाँले सम्बन्धित नगरपालिकाबाट थप क्षति विवरण माग गरिएको र आउन बाँकी रहेको बताउनुभयो । तथ्यांकानुसार बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रमा करीव रु तीन करोड ४१ लाख ६१ हजार, मध्यपुरथिमि नगरपालिका क्षेत्रमा करीव रु छ करोड ९५ लाख १० हजार २५०, सूर्यविनायक नगरपालिकामा रु दुई करोड ७० लाख ९१ हजार र चाँगुनारायण नगरपालिकामा रु २३ लाख ९८ हजार बराबरको क्षति भएको छ । चाँगुनारायणको सुडालमा दुई पक्की र १३ कच्ची घर गरी करीव रु ५० लाख बराबरको क्षति भएको छ ।
प्रजिअ भट्टका अनुसार बागेश्वरीमा तीन जनाको मृत्यु भएको र सबभन्दा बढी भौतिक क्षति मध्यपुरथिमि क्षेत्रमा भएको अनुगमनका क्रममा पाइएको छ । उद्धार शनिबारसम्म जारी रहेको बताउँदै उहाँले भन्नुभयो,“हिजो बिहानदेखि दिनभरी सांसद महेश बस्नेतको नेतृत्वमा प्रशासन, सबै सुरक्षा निकायका प्रमुख, नगर प्रमुख, जनप्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करीव ७० जनाको टोलीले सरसफाइ गरी डुबानमा परेका व्यापारीको गोदामका सामान निकाल्ने र उद्धार गर्ने कार्य गरियो ।”
भत्किएका ठाउँमा ग्याबिन पर्खाल लगाउने, डुबान क्षेत्रमा शुद्ध खानेपानी वितरण गर्ने र सडक पुनःसञ्चालन गर्ने लगायत कामका लागि सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिएअनुरुप काम भईरहेको उहाँको भनाइ छ । असार २९ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चारै नगरपालिकाले २४ घण्टाभित्र क्षति विवरण संकलन गरेर प्रशासनलाई बुझाउने र राहत वितरण गर्ने प्रतिबद्धता जनाए पनि आजसम्म कुनै पनि नगरपालिकाले क्षति विवरण बुझाएका छ्रैनन् । जनप्रतिनिधि जनताकै काममा उदास भएको र चासो नदिएको गुनासो बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया