नुवाकोटमा पिसिआर परिक्षण मेसिन खरिद गर्न प्रदेशले टेन्डर गरिसक्यो : सांसद पाण्डे

विदुर खबर २०७७ साउन २२ गते २१:२५

नुवाकोट । नेकपा बागमती प्रदेशका सचेतक तथा नुवाकोटबाट बाग्मति प्रदेशमा प्रतिनिधित्व गरेका सांसद केशव पाण्डेले नुवाकोटमा पिसिआर परिक्षण गर्नै मेसिन खरिदको लागि प्रदेशबाट टेन्डर भइसकेको बताएका छन् ।

Advertisement

विहिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रदेश सामाजिक मन्त्रालयले नुवाकोटको लागि पिसिआर मेसिन खरिदको लागि टेन्डर आव्हान गरिसकेको बताएका हुन् । उनले नुवाकोटको त्रिशुली अस्पतालसहित भक्तपुर अस्पताल र सिन्धुली अस्पतालको लागि पिसिआर मेसिन खरिदको लागि टेन्डर आह्वान गरिएको बताए । पाण्डेले दैनिक एकहजार जनाको पिसिआर चेकजाँच गर्न सक्ने मेसिनको २२ लाख पर्नसक्ने समेत बताए ।

तर नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नारायण खतिवडाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पिसिआर ल्याब स्थापना तथा संचालन गर्नका लागीे स्थानिय पूवार्धार साझेदारी कार्यक्रम अन्र्तगत पिसिआर मेसिन खरिद गर्न ७६ लाख रुपैयाँ बजेट छुटाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisement

तर संसद बिकास कोसको पैसा जिल्लाका सबै क्षेत्रका सबै सांसद, जिल्ला समन्वयका प्रमुख र स्थानिय तहका अध्यक्षको उपस्थितिमा निर्णय हुनुपर्ने प्रावधान रहेको छ ।

Advertisement

खतिवडाले पिसिआर मेसिन खरिद गर्ने बताएको खबर वाहिरिएपछि सांसद पाण्डेले प्रश्नै प्रश्न गर्दै लेखेका छन ‘कस्ले निर्णय गर्ने, कस्ले र कहिले टेण्डर गर्ने र कहिले आउने रहेछ त्यो पिसिआर मेसिन ? अनि त्यसको खरिद मूल्य कति लाग्ने रहेछ, संचालन खर्च कति रहेछ रु त्यो पनि जानकारि पाए आभारि हुने थिए । नत्र गफै त हो नी सम्धी ! प्रदेश सामाजिक मन्त्रालयले खरिदको आव्हान गरिसकेको छ र एक हजार जाँच क्षमताको मेसिन ५० लाख भन्दा कम !’

 

सम्बन्धित समाचार

नेकपाको विवाद नुवाकोटमा पनि देखियो, खतिवडाले भ्रम फैलाएपछि पाण्डे मैदानमा

नुवाकोटमा पिसिआर मेसिन खरिद गर्न सहयोग गर्ने सांसद खतिवडाको प्रतिवद्दता

प्रतिक्रिया