नुवाकोटमा पिसिआर मेसिन खरिद गर्न सहयोग गर्ने सांसद खतिवडाको प्रतिवद्दता

विदुर खबर २०७७ साउन २२ गते १९:३७

नुवाकोट । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सासंद नारायण प्रसाद खतिवडाले त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परीक्षण मेसिन खरिद संन्चालनको लागी  ७६ लाख रुपैयाँ रकम प्रतिवद्धता व्यक्त गरेका छन् ।

Advertisement

नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आज बसेको  बैठकको निर्णअनुसार जिल्ला स्थित त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा संचालन गर्नका लागीे स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत खतिवडाले कोरोना परीक्षणको लागी पिसिआर मेसिन खरिद गर्न ७६ लाख रुपैयाँ बजेट छुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जिल्लामा कोरोना परीक्षणको लागी ढिला सुस्ती नहोस र सर्वसाधारणले चाडै परीक्षण भई उपचार पाउने छन् भन्ने उदेश्यले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको  सांसद खतिवडाले बताए ।  ‘पिसिआर ल्याब मेसिन नुवाकोटमा नहुदाँ स्वाव परीक्षणको लागी काठमाण्डौ पठाउदा हप्तादिन कुर्नुपर्ने बाध्यता अन्त्यको लागी पनि पिसिआर ल्याब मेसिन खरिद गर्ने निर्यणमा पुगेको उनले बताए ।

Advertisement

त्यस्तै, विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेसिन खरिद गर्नको लागी विदुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।

प्रतिक्रिया