नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

विदुर खबर २०७७ साउन २२ गते १८:५६
सूचक फोटो

नुवाकोट । नेपालमा थप ५ कोरोना संक्रमितकाे निधन भएको छ। योसँगै देशभर ६५ पुगेको छ।

Advertisement

माेरङस्थित रंगेली नगरपालिका, ८ दर्बेसाका ४५ वर्षिय पुरुषको साउन २१ गते बिहान साढे १० बजे निधन भएको हो। ज्वराे तथा स्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई काेशी अस्पताल पुर्याइएकाे थियाे। उनकाे साेहि दिन स्वाब संकलन गरिएको थियो जसमा कोरोना पुष्टि भएको हो।यसैगरी बुधबार नै अर्का एक संक्रमितको पनि निधन भएको छ। मोरङ विराटनगर, ९ बस्ने ४५ वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ती पुरुषको साउन २१ गते दिउँसो १ बजे मृत्यु भएको थियो। कलेजोका रोगी रहेका उनी मंगलबार राती कोशी अस्पताल भर्ना भएका थिए। मृत्युपछि भएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।

यस्तै, साउन २१ गते नै सर्लाही–६ मलंगवा स्थायी बसाेबास भएकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।निमोनियाका र स्क्रब टाइफसको समस्या रहेकी उनलाई मनमोहन अस्पतालबाट बलम्बु रिफर गरिएको थियो। उनमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

Advertisement

धनुषा, मिथिला नगर, १० लालगढ बस्ने ७२ वर्षकी एक वृद्धकाे पनि साउन १७ गते दिउँसाे १२ बजे चाबाहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा निधन भएकाे छ। साउन १७ गते बिहान ३ः४८ बजे दम, हाइपाेथाइरेडिज्म र उच्च रक्तचापका बिरामी उनलाई मधुमेहकासाथै पेट दुख्ने , निमाेनिया तथा स्वासप्रश्वासमा समस्या भएका कारण धनुषाबाट सिधै अस्पताल लगिएकाे थियाे।

सप्तरी रूपनी, ५ का ४२ वर्षका एक पुरूषकाे पनि काेराेना संक्रमणका कारण साउन २१ गते निधन भएकाे छ।

Advertisement

प्रतिक्रिया