तत्काल पुनः लकडाउन नहुने संकेत

विदुर खबर २०७७ साउन २२ गते १८:४८
फाईल फोटो ।

नुवाकोट । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि तत्काल पुनः लकडाउन गर्ने संभावना नरहेको जनाएको छ।

फाईल फोटो ।

Advertisement

सरकारका प्रवक्ता तथा अर्थ, सुचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि तत्काल पुनः लकडाउन गर्ने संभावना नरहेको जनाएको छ। सरकारका प्रवक्ता तथा अर्थ, सुचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।

संक्रमणको दरको अध्ययन गरेर छनौटपूर्ण ढंगबाट सरकार अघि बढ्ने उनको भनाई छ। कोरोना संक्रमण बढी भएको ठाउँमा भने कडाईका साथ सरकार अघि बढ्ने उनले जानकारी गराए। यस्तै, उनले सार्वजनिक यातायात, विद्यालय, तथा हवाई उडान सञ्चालन गर्ने नसक्ने अवस्थामा रहेको जानकारी गराए। यद्यपि, त्यसको विषयमा थप छलफल पछि निर्णय हुने बताए।

Advertisement

कोरोना संक्रमण रोकथामको लागि उनले सर्वसाधारणहरुलाई मास्क लगाउन,दूरी कायम गर्न सभा सम्मेलन आयोजना नगर्न समेत आग्रह गरे।सरकारले लकडाउन खुला गरेसंगै काेराेना संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ भने काठमाडाैं सहित ६ जिल्लामा ५०० जना भन्दा बढी संक्रमित देखिएका छन्।

प्रतिक्रिया