बजारमा दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

विदुर खबर २०७७ साउन २२ गते ११:२१

नुवाकोट । बिहीबार अन्तरराष्ट्रिय र नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।

Advertisement

नेपाली बजारमा साउन २२ गते, बिहीबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर ऐतिहासिक रकर्ड बनाएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिनकाे लागि छापावाला सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ ताेकेको छ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य आकाशिएको छ। बिहीबार सुनको भाउ तोलामा प्रतिअउन्स दुई हजार ४४ पुगेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

Advertisement

यसैगरी, बिहीबार चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको हो ।

प्रतिक्रिया