विदुर नगरपालिकाका सबै क्षेत्रहरु सिल गरिने नगरपालिकाको निर्णय
विदुर । विदुर नगरपालिकाका सबै क्षेत्रहरु सिल गरिने भएको छ ।
विदुर नगरपालिकाको वुधबार वसेको ४३ औ बैठकबाट विदुर नगरपालिकाको सवै क्षेत्रहरु सिल गर्ने निर्णय गरेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर ८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँर्ग पुरै नगरपालिका सिल गर्न लागिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिका सिल गरिएसँगै नगर क्षेत्रभित्र संचालित छोटो दुरीको सवारी साधन समेत बन्द गर्नै निर्णय गरिएको छ ।
त्यस्तै बैठकले क्वारेनटाइन तोकिएका होटल र चिया पसलवाहेक अन्य होटलहरु बन्द गरिने,मठमन्दिर र सार्वजनिक स्थानमा भेला हुन नपाइने निर्णय गरिएको छ । त्यस्तै सबै वडा कार्यालयको सेवा २ साता बन्द गरिने भएको छ ।
यस्तै नगरक्षेत्रभित्र रहेका सरकारी कार्यालय समेत केही समय बन्द गर्न आग्रह गरिने, अन्य जिल्लाबाट आयात गरिने तरकारी र फलफुल समेतलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव पोखरेलले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया