सुनको मूल्यमा पुन: वृद्धि, एक लाख पुग्न २०० रूपैयाँ बाँकी

विदुर खबर २०७७ साउन २० गते १३:०९

नुवाकोट । मंगलबार सुनको मूल्य वृद्धि भई एक लाख नजिक पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन तोलामा २०० रुपैयाँले बढेको हो ।

Advertisement

नेपाल सुन चाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरेको हो । आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको भाउ भने मंगलबार पनि स्थिर रहेको छ । आइतबार र सोमबार एकै मूल्यमा खरिदबिक्री भएकोमा मंगलबार पनि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ ।

Advertisement

प्रतिक्रिया