चौतर्फी विरोधपछि सरकारले आरडीटी परीक्षण हटायो

विदुर खबर २०७७ साउन १८ गते १७:२३

विदुर ।  सरकारले आरडीटी परीक्षण रद्द गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ गतेको निर्णयअनुसार आरडीटी रद्द गरिएको बताए।

उनले प्रदेश र स्थानीय सरकारलाई आरडीटी नगर्न निर्देशनसमेत दिए। साउन १४ गतेको निर्णयअनुसार कोभिड १९ निदानका लागि आरडीटी प्रयोग नगर्नका लागि सम्पूर्ण प्रदेश,स्थानीय तह तथा अस्पताललाई जानकारी गराइन्छ,’ नियमित प्रेस ब्रिफिङमा गौतमले भने।

Advertisement

सरकारले नेपालमा कोरोना संक्रमण भित्रिएपछि आरडीटी परीक्षण थालेको थियो। तर त्यसको चौतर्फी विरोध हुँदै आएकोले सरकार आरडीटी परीक्षण हटाउन बाध्य भएको हो।

प्रतिक्रिया