आजपनि देशभर बर्षा हुने,सर्तक रहन आग्रह
विदुर खबर
२०७७ साउन १६ गते ८:२९

नुवाकोट । देशका अधिकांश स्थानमा आज मौसममा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया