वेलकोटगढीका पहिरो पिडितलाई नारायणी स्टिलको सहयोग

विदुर खबर २०७७ साउन १५ गते १२:५८

विदुर । अबिरल वर्षाको कारण घर भत्किएर ज्यान गुमाएको परिवार तथा विस्थापित परिवारलाई नारायणी स्टिल कम्पनीले नगद रुपैयाँ सहयोग गरेको छ ।

Advertisement

कम्पनीले गतसाता बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा घरले च्यापिएर मृत्युका अक्कल बहादुर तामाङको परिवार र वडा नम्बर ५ मा पहिरोबाट बिस्थापित भएका परिवारलाई नगद रुपैयाँ सहयोग गरेको हो । नारायणी स्टिल कम्पनी नुवाकोट शाखाका प्रबन्धक अमृत नेपालले सहयोग रकम मृतक तामाङको घरमै पुगेर परिवारलाई नगद दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पहिरोबाट मृत्यु भएका र विस्थापित  भएका परिवारहरुलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्र्गत सहयोग गरेको शाखा प्रबन्धक नेपालले बताउनुभयो ।

यस्तै, कम्पनीले बेलकोटगढी नगरपालिकाकै वडा नम्बर ५ मा पहिरोबाट बिस्थापित परिवारलाई समेत नगद रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर ५ का पहिरोबाट बिस्थापित परिवारहरु तुलसीदास श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लक्ष्मि बर्देवा, रामकृष्ण श्रेष्ठ र वडा नम्बर ६ डडुवाका उद्धब नेपालको  परिवारलाई प्रतिपरिवार पाँच हजार रुपैयाँको दरले सहयोग गरेको छ ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का स्थानिय युवा एवं प्रेस युनियन नुवाकोटका सचिव रबिन दाहालको सहकार्य र पहलमा उक्त रकम सहयोग गरिएको हो ।
Advertisement

प्रतिक्रिया