वेलकोटगढीका पहिरो पिडितलाई नारायणी स्टिलको सहयोग
विदुर । अबिरल वर्षाको कारण घर भत्किएर ज्यान गुमाएको परिवार तथा विस्थापित परिवारलाई नारायणी स्टिल कम्पनीले नगद रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले गतसाता बेलकोटगढी नगरपालिका वडा नम्बर ८ मा घरले च्यापिएर मृत्युका अक्कल बहादुर तामाङको परिवार र वडा नम्बर ५ मा पहिरोबाट बिस्थापित भएका परिवारलाई नगद रुपैयाँ सहयोग गरेको हो । नारायणी स्टिल कम्पनी नुवाकोट शाखाका प्रबन्धक अमृत नेपालले सहयोग रकम मृतक तामाङको घरमै पुगेर परिवारलाई नगद दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पहिरोबाट मृत्यु भएका र विस्थापित भएका परिवारहरुलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्र्गत सहयोग गरेको शाखा प्रबन्धक नेपालले बताउनुभयो ।
यस्तै, कम्पनीले बेलकोटगढी नगरपालिकाकै वडा नम्बर ५ मा पहिरोबाट बिस्थापित परिवारलाई समेत नगद रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर ५ का पहिरोबाट बिस्थापित परिवारहरु तुलसीदास श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लक्ष्मि बर्देवा, रामकृष्ण श्रेष्ठ र वडा नम्बर ६ डडुवाका उद्धब नेपालको परिवारलाई प्रतिपरिवार पाँच हजार रुपैयाँको दरले सहयोग गरेको छ ।
बेलकोटगढी नगरपालिका वडा नम्बर ६ का स्थानिय युवा एवं प्रेस युनियन नुवाकोटका सचिव रबिन दाहालको सहकार्य र पहलमा उक्त रकम सहयोग गरिएको हो ।- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया