नुवाकोटको भैरवी मन्दिरमा सुनको जलप
नुवाकोट । विदुर नगरपालिका-२ स्थित पुरानो सदरमुकाम डाँडामा रहेको लिच्छविकालीन भैरवी मन्दिरमा सुनको जलप लगाइएको छ ।
गजुरसहितको माथिल्लो तलाको छानामा सुनको जलप लगाइएको हो । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि ०७३ सालबाट पुरातत्व विभागले पुनः निर्माण थालेको हो । जिल्लाको ठूलो शक्ति पीठ तथा पुरातात्विक महत्वको रुपमा रहेको भैरवी मन्दिर दुई तले छ ।मन्दिर वरिपरि टुँढाल, काष्ठकलाका मूर्तिहरु राखिसकिएको छ । लकडाउनको कारण जलप लगाउने कार्य ढिलो भएको निर्माण पक्षले जनाएको छ । कामदार र काठको अभावका कारण निर्धारित समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटकपटक म्याद थप्दै मन्दिरको काम अगाडि बढाइएको थियो । ४ करोड ६३ लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण भइरहेको छ । प्यागोडा शैली र पुरानो डिजाइनमा मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ । मन्दिरको माथिल्लो छानो सुनको र तल्लो छाना झिंगटीको राखिने निर्माण पक्षका ध्रुव श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम विदुरबाट ६ किलोमिटर उत्तरपूर्वी पुरानो सदरमुकामस्थित नुवाकोट डाँडामा उक्त मन्दिर छ । १८४९ साल असोजमा नेपाल, चीन र तिब्बत युद्ध भएपछि तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाइदिन देवीसँग शक्ति मागेको र युद्ध जितेपछि सुनको छाना चढाउँला भनेको किवदन्ती छ । देवीको आराधाना पछि नुवाकोटकै माथिल्लो डाँडामा रहेको कालिका, मालिका मन्दिर र भैरवी थानबाट निस्केको अरिंगालले शत्रुपक्षलाई चिलेपछि हार खाएका थिए ।
युद्ध जितेपछि तत्कालीन शासकले भैरवीको माथिल्लो छाना गजुरसहित सुनको राखिएको किवदन्ती छ । अहिले पनि पूर्वराजा, प्रशासक लगायत उच्चपदस्थ व्यक्तिहरु भैरवीको पूजाआराधना गर्न नुवाकोट आउने गर्छन् । त्यसैगरी नुवाकोट विजयी गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई १८०१ मा नुवाकोटकी भैरवीसंग शक्ति मागेको र भैरवीले सपनामा मेरो आराधना गरेमा कान्तिपुर अधिनस्थ नुवाकोट जितेको जनविश्वास रहिआएको छ ।
राज्य सञ्चालकहरु ठूला पदमा पुगेपछि एक पटक भैरवीको पूजा र आशीर्वाद लिन आउने गरेका छन् । यो मन्दिरका कहिले निर्माण भएको भन्ने एकिन तथ्यांक नभए पनि यहाँका टुँडाल र काष्ठकलाले लिच्छवीकालीन भएको स्थानीयको दाबी छ । यो मन्दिर १४ औं शताब्दीमा जगज्योति मल्लले पुनर्निर्माण गराएको इतिहासमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया