नुवाकोटमा कोरोना संक्रमण रोक्न कार्यटोली गठन गरिने

नुवाकोट । स्थानीयस्तरमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेस्यको साथ वडा अध्यक्षको संयोजकत्वमा कार्य टोली गठन गरिने भएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको सोमबार भएको बैठकले कोरोना भाइरससँग सम्वधित सचेतना प्रवर्धन गर्नउक्त टोली गठन गर्न निर्देशन दिएको हो । विदेश वा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टीन र होम क्वारेन्टीनमा राख्न सहजीकरण गर्न, होम क्वारेन्टीनमा बस्ने व्यक्तिहरुको प्रत्यक्ष निगरानी गर्न तथा शंकास्पद लक्षण देखिएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि उक्त कार्यटोली सक्रिय हुने प्रमुख जिल्ला अधिकारी झंक ढकालले बताउनुभएको छ । वडाध्यक्षको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा स्थानीय स्वास्थ्य संस्थाको प्रतिनिधि, स्थानीय सुरक्षा इकाईको प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी वा स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्य स्थानीयस्तरमा कार्यरत गैर सरकारी सस्थाका प्रतिनिधिको प्रतिनिधित्व रहने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भएको छ ।
स्थानीय तहहरुबाट व्यवस्थापन गरिएको संस्थागत क्वारेन्टीनलाई निरन्तरता दिन तथा हाल विद्यालहरुमा सञ्चालन हुँदै आएका क्वारेन्टीनको वैकल्पिक व्यवस्था अपनाउनको लागि स्थानीय तहहरुलाई जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले आग्रह गरेको छ । साथै नेपाल सरकारद्वारा जारी भएको होम क्वारेन्टीन सम्बन्धी मापदण्ड २०७७ बमोजिमका मापदण्ड पालना गरी होम क्वारेन्टीनमा बस्न अनुरोध गरेमा सम्बन्धित स्थानीय तहले मापदण्ड पालनाको सुनिश्चितता गरेर मात्रै होम क्वारेन्टीनलाई कार्यान्वयनमा ल्याउन समेत आग्रह गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
यस्तै जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएका सबै खर्चको यथार्थ विवरण सम्बन्धित निकाय तथा संस्थाहरुले यथाशिघ्र सार्वजनिक गनलार्ई विपद व्यवस्थापन समिति नुवाकोटले आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया