पुनम पाण्डेलाई अर्धनग्न नचाउन प्रहरीले दिएन, क्लव डेजाभु बन्द

विदुर खबर २०७५ असार ३१ गते १५:०२

काठमाडौं ,अनुमति नै नलिएर बलिउडकी ‘सी’ ग्रेड नायिका पुनम पाण्डेलाई ल्याएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारीमा गरेको काठमाडौंको दरबारमार्गस्थित क्लव डेजाभुको योजना प्रहरीले विफल बनाइदिएको छ ।

Advertisement

प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको यो हर्कतविरुद्ध दरबारमाग्रका प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लले एक्सन लिएका हुन् ।

क्लव डेजाभुले पूर्वस्वीकृति नलिएर भारतीय मोडल पुनम पाण्डेको नाचसँग विश्वकप फुटबल खेल देखाउने तयारी गरेको भनेर समाचार लेखेपछि डिएसपी मल्ले क्लव डेजाभुविरुद्ध एक्सन लिएका हुन् ।

Advertisement

प्रहरीले एक्सन लिएपछि क्लव डेजाभुका मालिकहरूका भागाभाग भएको छ । सबै मालिकहरू लुकेर बसेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गर्न प्रहरीले धपधपी खोजेको छ । बलिउड नायिका एवम् मोडल पुनम पाण्डे जबरजस्ती क्लव डेजाभुमा प्रवेश गर्न खोजे नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।

Advertisement

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लव डेजाभुका सञ्चालक केपी गैरेले प्रहरीसँग अनुमति लिएर कार्यक्रम गर्न लागेको दाबी गरेका थिए । मल्ले केपी गैरे भन्ने व्यक्तिलाई आफूले नचिन्नको र क्लव डेजाभुलाई आफूले कुनै पनि अनुमति नदिएको प्रतिक्रिया दिएका छन् ।

डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिएर पुनम पाण्डेलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । क्लव डेजाभु आइतबार बन्द रहनेछ ।

क्लव डेजाभुका गतिविधिमा सुधार नभए सदाका लागि बन्द गरिदिने डिएसपी मल्लले चेतावनी दिएका छन् । ‘कानून मिचेर कुनै पनि क्रियाकलाप गर्न पाइँदैन’, मल्लले भने, ‘शान्ति सुरक्षा बनाइ राख्ने दायित्प प्रहरीको हो । कानून पालना गराउने दायित्व पनि हाम्रो हो ।’

‘क्लव डेजाभुले कानून मिचेर गतिविधि गरेकाले बाध्य भएर कारबाही गर्नु परेको छ’, डिएसपी मल्ले भने, ‘अघिल्लो पटक पनि त्यति ठूलो विवाद भएको थियो । आइन्दा त्यस्ता घटना हुन नदिन पूर्व सर्तकता अपनाइएको हो ।’

डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हालेका छन् । क्लव डेजाभुमा प्रहरीले कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।

गत मंसिर २७ गते अन्तर्राष्ट्रिय डिजे मार्समेलो आउने भनेर क्लव डेजाभुले लाखौँको टिकट बिक्री गरेर अन्तिममा ठगी गरेको थियो ।

त्यसपछि आक्रोशित भएका दर्शकले क्लव डेजाभुमा तोडफोड गरेका थिए । त्यस बेला दरबारमार्ग प्रहरीमा डिएसपी तिलक भारती थिए । पछि डिएसपी भारतीलाई कारबाही स्वरुप सरुवा गरिएको थियो ।

प्रतिक्रिया