ईनारपार्टीमा भेटिएको साढे दुई लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता
विदुर खबर
२०७७ साउन १२ गते २१:१०

विदुर । विदुर नगरपालिका वडा नम्बर ६ ईनारपार्टीमा सोमवार भेटिएको साढे दुई लाख रुपैयाँ नुवाकोट प्रहरीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ की कमला दमाईलाई फिर्ता दिएको छ ।

सम्बन्धित व्यक्तिलाई भेटिएको रकम हस्तान्तरण गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्ले ।
सोमबार ईनारपाटीमा अन्दाजी ४१ वर्षको एक पुरुषले मादक पदार्थ सेवन गरी हिडीरहेको र सोहि ब्यक्तीले नशाको मातमा बाटोमै पैसा झार्दै हिडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि घटनास्थलमा पुगी २ लाख ४४ हजार २० रुपैयाँ फेला पारेको थियो ।
सो रकम जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले हस्तान्तरण गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया