नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड

विदुर खबर २०७७ साउन १० गते १७:०१

नुवाकोट । नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड बढी रहेको छ । महालेखा परीक्षकको ५७ वार्षिक प्रतिवेदन अनुसार १२ वटै स्थानीय तहहरुको बेरुजु २५ करोड ६ लाख ३२ हजार रुपैयाँ छ ।

Advertisement

सबैभन्दा बढी तादी गाउँपालिकाको ५ करोड ५ लाख ९५ हजार रुपैयाँ अर्थात ७.४१ प्रतिशत बेरुजु देखिएको छ । सबैभन्दा कम म्यागङ गाउँपालिकामा २३ लाख ६४ हजार रुपैयाँ अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको हो । तादी गाउँपालिकाको ६८ करोड २४ लाख ९५ हजार रुपैयाँ र म्यागङ गाउँपालिकाको ५५ करोड ५२ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा उक्त बेरुजु देखिएको हो ।

विदुर नगरपालिकाको १ अर्व ९५ करोड ५३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४ करोड ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेलकोटगढी नगरपालिकाको १ अर्व ३८ करोड ९४ लाख ५८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड २१ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

Advertisement

ककनी गाउँपालिकाको ३ करोड १ लाख ८२ हजार रुपैयाँ, तारकेश्वर गाउँपालिकाको २ करोड ५९ लाख ९८ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाको ६३ लाख २० हजार रुपैयाँ, पञ्चकन्या गाउँपालिकाको ४७ लाख ५८ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको १ करोड ११ लाख ३१ हजार रुपैयाँ, लिखु गाउँपालिकाको १ करोड ९० लाख ५५ हजार रुपैयाँ, सूर्यगढी गाउँपालिकाको ७३ लाख ३८ हजार र किस्पाङ गाउँपालिकाको १ करोड ५८ लाख २९ हजार रुपैयाँ बेरुजु छ ।

प्रतिक्रिया