नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड
नुवाकोट । नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड बढी रहेको छ । महालेखा परीक्षकको ५७ वार्षिक प्रतिवेदन अनुसार १२ वटै स्थानीय तहहरुको बेरुजु २५ करोड ६ लाख ३२ हजार रुपैयाँ छ ।
सबैभन्दा बढी तादी गाउँपालिकाको ५ करोड ५ लाख ९५ हजार रुपैयाँ अर्थात ७.४१ प्रतिशत बेरुजु देखिएको छ । सबैभन्दा कम म्यागङ गाउँपालिकामा २३ लाख ६४ हजार रुपैयाँ अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको हो । तादी गाउँपालिकाको ६८ करोड २४ लाख ९५ हजार रुपैयाँ र म्यागङ गाउँपालिकाको ५५ करोड ५२ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा उक्त बेरुजु देखिएको हो ।
विदुर नगरपालिकाको १ अर्व ९५ करोड ५३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ४ करोड ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेलकोटगढी नगरपालिकाको १ अर्व ३८ करोड ९४ लाख ५८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड २१ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
ककनी गाउँपालिकाको ३ करोड १ लाख ८२ हजार रुपैयाँ, तारकेश्वर गाउँपालिकाको २ करोड ५९ लाख ९८ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाको ६३ लाख २० हजार रुपैयाँ, पञ्चकन्या गाउँपालिकाको ४७ लाख ५८ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको १ करोड ११ लाख ३१ हजार रुपैयाँ, लिखु गाउँपालिकाको १ करोड ९० लाख ५५ हजार रुपैयाँ, सूर्यगढी गाउँपालिकाको ७३ लाख ३८ हजार र किस्पाङ गाउँपालिकाको १ करोड ५८ लाख २९ हजार रुपैयाँ बेरुजु छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया