स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक छ:मुख्यमन्त्री पौडेल
चितवन, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताउनुभएको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्ने छ ।”
नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेश नं ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा यस आर्थिक वर्षमा एक लाख ५१ हजार जना आँखाका बिरामीले सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ चितवनले नवलपरासी, पर्सा, बारा, धादिङ जिल्लामा सेवा दिँदै आएको छ । संघको अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दै छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै
पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना





प्रतिक्रिया