सुनको भाउ ९६ हजार नजिक
विदुर खबर
२०७७ साउन ९ गते १२:३७
नुवाकोट । सुनको भाउ साउन ९ गते पनि तोलामा एक हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम गरेको छ। त्यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९५ हजार ३६५ रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस साता मात्रै सुनको भाउ ३ हजार ३०० रुपैयाँले बढेको छ। कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरु बताउंछन्।
त्यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया