सार्वजनिक सवारी त चले तर यात्रु भएनन्
विदुर खबर
२०७७ साउन ९ गते १२:२९
काठमाडौँ । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् ।यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै मात्रै यात्रु देखिन्थे ।
सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु देखियो । अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो । सरकारले झण्डै चार महिना पहिलेदेखि जारी राखेको बन्दाबन्दी बुधबारदेखि सकियो ।
बन्दाबन्दीकै अवधिमा लागू निजी सवारी साधनमा जोर÷बिजोर प्रणाली हटाइएसँगै सडकमा निजी सवारी साधन बढ्न थालेको हो । सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’ मा लिइएको महाशाखाका प्रवक्ता दानदेव गौतमले जानकारी दिनुभयो ।
उपत्यकाभर ती दुई दिनमा झण्डै ३१ सवारी साधनलाई ‘होल्ड’ गरिएको हो । उहाँले भन्नुभयो, “स्वास्थ्य सावधान नअपनाउने सवारी साधनलाई दिनभर होल्ड गराएर साँझ मात्रै छाड्ने गरिएको छ ।” बिहीबार मात्रै स्वास्थ्य सावधान नअपनाएकोमा १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया