पहिरोका कारण धादिङमा एक सय घरपरिवार विस्थापित

विदुर खबर २०७७ साउन ८ गते १८:३३

धादिङ । साउन ४ गतेदेखिको अविरल वर्षाका कारण बाढी–पहिरोका कारण जोखिममा परेका करिब १ सय घरबिस्थापित भएको नेपाल रेडक्रससोसाइटीले जनाएको छ।

Advertisement

गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारका ५ घरलाई छिमेकीको घरमाराखिएको वडाअध्यक्ष हरिखतिवडाले बताउनुभएको छ । गजुरी गाउँपालिकावडा नम्बर १ सुन्दरगाउँमा १० घर लाई गजुरीको पोलिटेक्नीकलमा राखिएको छ सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मरेडाँडाका १९ घर कुण्डेश्वर मा.वि मा, त्रिपुरासुन्दरी गाउँपालिका गोलाङमा ५ घर महादेव मन्दिरमा, नीलकण्ठ नगरपालिका–१४ देउराली गाउँका २ घर छिमेकीको घरमा राखिएको छ। यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का ७ घर छिमेकी घरमा बसीरहेका छन् ।

वेनिघाट रोराङ वडा नम्बर ३ आपखर्कका २० घर सत्यदेवी बिद्यालयमा, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ भैँसेका ७ घर जमुना डाँडामा त्रिपाल राखि वसेको, वेनिघाटरोराङ वडा नम्बर १० जवाङखोलाका ६ घर छिमेकीको घरमा वसेको र वेनिघाट रोराङकै अन्य ५ घर भने आफन्तको घरमा बस्दै आएका छन् ।

Advertisement

यसैगरिगजुरी गाउँपालिका वडा नम्बर २ मलेखुको ६ घर छिमेकीको घरमा, गल्छी गाउँवपालिका वडा नम्बर ४ को ५ घरछिमेकीको घरमा वडा नम्बर ५ को ४ घर छिमेकीको घरमा बस्दै आएको स्थानीइबासीले टेलिफोन गरेर जानकारी दिएका छन्। पहिरो रयसको जोखिब बढेपछि मानिसहरु आफ्नो घर छाड्न बाध्य भएका छन् ।

प्रतिक्रिया