सरकार संवृद्धि र रुपान्तरणको दिशामा अघि बढेको प्रधानमन्त्रिको भनाई
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
“विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ । यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ । हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौँ, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।”
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गर्नुभयो ।
साहित्यको महत्व दर्शाउँदै उहाँले भन्नुभयो, “कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ । मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन । निःशुल्करुपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने सोलार प्यानल प्राप्त गरेको छु । म चार्ज भएको छु ।” उहाँले यस्ता सम्मिलन हिमाली खण्डका अन्य देशमा पनि आगामी दिनमा हुन सकोस् भनी कामना गर्नुभयो । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले वर्तमान सरकारको समृद्धिको सपनालाई सबै क्षेत्रबाट सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले सम्मिलनबाट पारित १५बुँदे घोषणापत्र कार्यान्वयनका लागि सहभागी स्वदेशी र विदेशी स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया