बजार खुल्ने बित्तीकै नेप्सेमा लाग्यो पहिलो सर्किट ब्रेक
विदुर खबर
२०७७ साउन ५ गते ११:२९

नुवाकोट । सोमबार खुल्ने बित्तीकै नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको छ। प्रि ओपनिङ्ग सेसनमा नै साढे ३ प्रतिशतभन्दा बढी बढेको नेप्से, बजार खुल्ने बित्तीकै ४ प्रतिशत बढेर सर्किट लागेको हो।
यससँगै कारोबार २० मिनेटको लागि स्थगित भएको छ। सो अवधिसम्ममा १०४ कम्पनीहरुको शेयर खरिदबिक्री भएको छ। जसमध्ये १०२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
सम्बन्धित
प्रतिक्रिया