सुनको भाउ फेरि बढ्यो

विदुर खबर २०७७ साउन ४ गते १६:२४

नुवाकोट ।  सुनको भाउ साउन ४ गते आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासँघले आइतबार सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो। पछिल्लो दुई दिन तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरी बढेको हो।

यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। त्यसैगरी, आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार ५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

Advertisement

प्रतिक्रिया