नुवाकोटमा काुननले वर्जित गरेको काम हुन दिन्न : प्रजिअ ढकाल
नुवाकोट । नुवाकोटको नदीहरुमा अबैध उत्खनन हुन थालेपछी रातको समयमा प्रहरी परिचालीत भएको छ ।
प्राकृतिक स्रोत साधन उत्खनन् र परिचालनको जिम्मा स्थानीय तहले पाएपछि कतै स्थानीय तहबीचमै विवाद देखिएको छ भने कतै ठेक्काको बहानामा मनपरि उत्खनन भइरहेको छ । अबैध उत्खननमा स्थानियले बिरोध गरेपछि लिखुमा धारिलो हतियारको समेत प्रयोग भएको छ । जिल्ला अनुगमन समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले असारदेखि भदौ महिनासम्म नदी जन्यपदार्थ उत्खनन गर्न प्रतिबन्ध लगाएपनि तस्करहरुले नदी दोहन गरीरहेका छन् ।
खोलामा मेसिन प्रयोग गर्न नपाएपछी तस्करीहरुले मजदुर परिचालन गरी नदी उत्खनन गर्न थालेका छन् । हाते औजारको प्रयोगबाट नदीजन्य सामाग्रीको उत्खनन गर्न पाउने भएपछी ब्यवसायी तथा तस्करीहरुले मजदुरको प्रयोग गरीक नदीजन्य सामाग्रीको उत्खनन गरीरहेका छन् ।
दिनको समयमा नदीजन्य सामाग्री मजदुरहरुले उत्खनन गरेता पनी रातको समयमा संगठित रुपमै तस्करहरुले मेसिन प्रयोग गर्न थालेपछी प्रहरीले कडाई गर्न सुरु गरेको छ । रातको समयमा प्रहरी संभाबित नदी उत्खनन् हुने स्थानमा प्रहरी परिचालन गर्न निर्देशन दिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष झंकनाथ ढकालले बताउनुभएको छ । कानुनद्धारा बर्जित कार्यहरुमा कोही कसैले जवरजस्ती र लुकिछिपी गरेको पाईएमा कानुनी प्रक्रियाद्धारा दण्डित गरेरै छोड्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ ।
नुवाकोटको कोल्पुटार, रातमाटे, काशीटार, ढिकुरे लगायतका क्षेत्रमा प्रशासनले निगरानी बढाएको छ । नुवाकोटको त्रिशुली, तादी, सामरी, लिखु लगायतका खोलामा नदी उत्खनन हुन थालेकाले प्रहरी परिचालनलाई तिब्र बनाएको थियो ।
सम्बन्धित स्थानीय तहलाई नदीजन्य सामाग्रीको संरक्षण गर्नको लागी जिल्ला अनुगमन समितिले निर्देशन गरेको छ । भदौ मसान्त सम्म कुनैपनी नदीमा मेसिन प्रयोग गरी उत्खनन गर्न नपाउने संबैधानिक ब्यबस्था रहेको छ । बर्सातको समयमा नदी जन्य सामाग्री उत्खनन् गर्दा खेति योग्य जमिनको कटान हुने, जोखिम बढ्ने, पुल तथा भौतिक पुर्बाधार जोखिममा पर्ने भन्दै ३ महिना नदी जन्य सामाग्रीको उत्खनन्मा रोक लगाएको जिल्ला अनुगमन समितिले जनाएको छ ।
संबिधानलेनै अबैध मानेको असार देखि भदौ मसान्त सम्म तिन महिना नदीमा उपकरण प्रयोग गरेमा मुद्धा लाग्ने उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया