बट्टार क्याम्पसमा फेरि लफडा,पुर्व अध्यक्षका छोराले लेटर प्याड लिएर भागे

विदुर खबर २०७७ साउन २ गते ९:२२

नुवाकोट । नुवाकोटमा सधै चर्चा र विवादमा आइरहने नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा फेरि अर्काे लफडा शुरु भएको छ ।

Advertisement

क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष वसन्तलाल श्रेष्ठका छोरा नारायणलाल श्रेष्ठले जवरजस्ती क्याम्पसको लेटर प्याड लिएर भागेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसका प्रमुख भोलाप्रसाद पाण्डेले विहिवार विहान क्याम्पसमा नियमित काम गरिरहेको अवस्था क्याम्पसका पुर्व अध्यक्षका छोरा नारायणलाल श्रेष्ठ आएर लेटर प्याड लिएर भागेको बताए ।

उनले विहिबार नै एक सुचना प्रकाशित गरि क्याम्स हाताभित्र अनाआवश्यक चलखेल भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै शान्ति सुरक्षाको समेत माग गरेका छन् ।

Advertisement

प्रतिक्रिया