गेर्खुमा चोरी गरेको आरोपमा चार युवक पक्राउ

विदुर खबर २०७७ साउन १ गते २१:१५

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा चोरी गरेको आरोपमा ४ युवक पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा वडा नम्बर ११ गेर्खुका संदिप प्याकुरेल,रमेश पौडेल,ईश्वर पौडेल र विदुर नगरपालिका वडा नम्बर १० दारेगौडाका जनम ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनीहरुले स्थानिय एक व्यक्तिको ताला लगाइरहेको घरमा चोरी गरेको आरोप लगाइएको छ । उनीहरुले बुधवार राती १० बजेको समयम घरमा गई परेवा मारेको स्थानिय वलराम चालिसेले जानकारी दिए । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय चोगदेले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाएको छ ।

Advertisement

यसअघि पनि गेर्खुमा भएका विभिन्न लुटपाट र हुलदंगामा सोही व्यक्तिहरुको संलग्नता रहेको आशंका स्थानियबासीहरुले गरेका छन् । यसअघि गेर्खुमा रहेको स्वास्थ्यचौकीमा रहेकी एक नर्सलाई समेत सोही युवकहरुले हातपातको प्रयास गरेका थिए ।घटनाको विषयमा अनुसन्धान शुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया