घरभाडा छुट दिएकोमा अगस्ती दम्पति सम्मानित

विदुर खबर २०७७ असार ३१ गते २१:०२

नुवाकोट । लिखु गाउपालिका वडा नं ४ का समाजसेवी रामचन्द्र अगस्तिले एक महिनाको घर भाडा छुट गरेका छन् ।

Advertisement

बिश्वभर फैलिएको कोभिड १९ (कोरोना)को असरको कारणले परेको आर्थीकभार लाई मध्यनजर गर्दै आफुले १ महिनाको घरभाडा छुट गरेको उनले बताए । शाखा कार्यालय नुवाकोट चौघडामा रहेको ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेड लाई समाज सेवी अगस्तिले २०७७ असार महिनाको भाडा छुट गरेका हुन् ।

भाडा छुट गरे संगै ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था लिमिटेडले समाजसेवी अगस्ति र उनका श्रीमती पार्वती न्यौपाने अगस्ति लाई सम्मान समेत गरेको छ ।

Advertisement

प्रतिक्रिया