सुनको भाउ ऐतिहासिक विन्दुमा, फेरि नयाँ रेकर्ड बन्यो
नुवाकोट । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। गत साउन १७ गते सुनको भाउले सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो।
हिजो बुधबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६० रुपयाँ कायम भएको थियो। गत मंगलबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँ कायम भएको थियो। आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँ बढेर ९८० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९५५ रुपैयाँ कायम भएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया