नेपाल बैंकका प्रबन्धक बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर

विदुर खबर २०७७ असार २१ गते २२:४९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ  ।

Advertisement

अख्तियार आज उनी बिरुद्द ५४ लाख ८४ हजार बिगो माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो  ।उनी बिरुद्द बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका उजुरी परेको थियो । यसमा अनुसन्धान गर्दा आयोगले उनले भ्रष्ट्रचार गरेको देखिएको जनाएको हो । उनले डिल्लीबजार शाखामा कार्यरत रहँदा बैंकले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी व्यक्तिगत रुपमा प्रदान गरेको, अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आई.डी. र System Super User बिद्युतीय माध्यमको दुरुपयोग गरी हानिनोक्सानी पुर्‍याएको आयोगले जनाएको छ ।

त्यस्तै उनले ५४ लाख ८४ हजार बैंकबाट आफ्नो विभिन्न खातामा जम्मा गरेकोले सोहि बराबरको बिगो माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

Advertisement

प्रतिक्रिया