नेपाली कांग्रेस वी.पीद्दारा स्वास्थ्यमन्त्री ढकाललाई वर्खास्त गर्न माग

विदुर खबर २०७७ असार २१ गते २२:४५

काठमाडौ । नेपाली कांग्रेस (वी पी) ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई वर्खास्त गर्न माग गरेको छ ।

Advertisement

पार्टी प्रवक्ता देवेन्द्रप्रकाश पौडेलद्धारा आज जारी विज्ञप्तीमा मन्त्री ढकालसहित चीनबाट आयातित स्वास्थ्य सामग्री खरिद प्रकरणमा संलग्न अन्यलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । विज्ञप्तिमा सरकारले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै अप्ठेरो परेको बेलामा सरकारले जनतालाई राहत दिन नसकेको पार्टीले निश्कर्ष निकालेको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनबाट ल्याइएको स्वास्थ्य सामग्री ल्याउने जिम्मा पाएको ओम्नी ग्रुपसँग सरकारले टेण्डर रद्य गरेको घटनाले अनियमितता र भ्रष्टाचार भएको पुष्टि गरेको विज्ञप्तिमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र अन्य मुलुकले पनि अस्वीकार गरेको गुणस्तरहीन सामग्री आयात गरिएकोमा समेत पार्टीले आपत्ति जनाएको छ । प्रवक्ता पौडेलले नेपालको सीमामा अलपत्र रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । उनले सबै जिल्ला र प्रदेशका अस्पतलमा कोरोना परीक्षण गराउन र वास्तविक मजदुर र श्रमजिवीलाई राहत उपलव्ध गराउन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । राहत वितरणमा अनियमितता भएको र वास्तविक पाउनुपर्नेले नपाएकामा समेत पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

पार्टीले स्वास्थ्य विज्ञको विशेष कार्यदल बनाई प्रभावकारी रुपमा उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया