लकडाउनका कारण होटल क्षेत्र मारमा परेको भन्दै सिडियोलाई ज्ञापनपत्र

विदुर खबर २०७७ असार २१ गते २२:१४

नुवाकोट । होटल तथा रेष्टुरेण्ट ब्यबसायि संघ नुवाकोटले १४ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघको कार्यक्रम अन्तर्गत ७७ वटै जिल्ला र ७ प्रदेशमा सरकारको ध्यानाकर्षण गराएको हो । कोरोना भार्यरसको प्रकोपका कारण सबै भन्दा बढि होटल क्षेत्र प्रभाबित भएको भन्दै सहज र सहुलियतको माग गर्दै राज्यको ध्यानाकर्षण गराएको हो ।
होटल तथा रेष्टुरेण्ट ब्यबसायि संघ नुवाकोटले होटल सञ्चालन नँहुदा घरभाडा तिर्न नसकेको, होटलमा रहेका कर्मचारी ब्यबस्थापनमा असहज भएको, राज्यले कुनै पनी क्षेत्रमा सहुलियत नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको होटल तथा रेष्टुरेण्ट ब्यबसायि संघ नुवाकोटका अध्यक्ष मदुसुदन थपलियाले जानकारी दिनुभएको छ ।

Advertisement

ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले कोरोना भाइृरसको संक्रमणले बिश्वनै अक्रान्त भैरहेको समयमा होटल क्षेत्रमा परेको प्रभाब गम्भिर रहेको बताउनुभएको छ । होटल ब्यवसायिहरुको लागी सहुलियत उपलब्ध गराउन केन्द्र  देखिनै नितिगत सु्धार हुनुपर्ने उहाँले बताउनुभएको छ । स्थानिय स्तरबाट हुने सबै कार्यका लागी आफु शक्रिय रहने उहाँको भनाई रहेको छ ।

ब्यबसायिहरुले लकडाउनका कारण ३ महिना पुर्ण रुपमा बन्द गरेको होटल अहिले पनी खोल्ने अबस्था नरहेको भन्दै आपत्ति जनाएका छन् । ठुलो जनशक्तिको ब्क्यबस्थापन ब्यबसायिहरु आफैले गर्दै आएकाले समस्याले चर्को रुप लिन थालेको ब्यबसायिहरुको भनाई छ । अहिले होटल तथा रेष्टुरेण्ट ब्यबसायिहरुको मागलाई राज्यले सम्बोधन नगरेमा नेपालभर रहेका सबै होटलहरुको साँचो सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी रहेको होटल तथा पर्यटन ब्यबसायि महाँसंघ बाग्मति प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया