काठमाडौं र धुलिखेलमा समेत देखियाे सलह

विदुर खबर २०७७ असार १४ गते १७:५८

नुवाकोट । सलह किरा काठमाडौंको कुलेश्वर र धुलिखेलमा समेत देखिएको भन्दै सामाजिक सन्जालमा फाेटाे राखिएकाे छ ।

Advertisement

आइतबार बिहान करिब ७ बजे कुलेश्वरको गणेश मन्दिर नजिकै केहि सलह देखिएको स्थानीयले जनाएका छन् । तस्बिरमा देखिएको किरा पार्किंग गरेको गाडी भित्र रहेको थियो । त्यसैगरी आज बिहान नै धुलिखेलमा सलह देखिएको भन्दै सामाजिक संजालमा केहि धुलिखेलबासीले फोटो पोष्ट गरेका छन्।

सामाजिक सन्जालमा सलह भेटिएकाे जानकारी दिइए पनि काठमाण्डाै उपत्यकामा भेटिएकाे भनेर सरकारले औपचारिक रूपमा भनेकाे छैन । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा  देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएकाे छ । सरकारले सलहले ठुलाे क्षति नपुर्याउने जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया