काठमाडौं र धुलिखेलमा समेत देखियाे सलह
विदुर खबर
२०७७ असार १४ गते १७:५८
नुवाकोट । सलह किरा काठमाडौंको कुलेश्वर र धुलिखेलमा समेत देखिएको भन्दै सामाजिक सन्जालमा फाेटाे राखिएकाे छ ।
आइतबार बिहान करिब ७ बजे कुलेश्वरको गणेश मन्दिर नजिकै केहि सलह देखिएको स्थानीयले जनाएका छन् । तस्बिरमा देखिएको किरा पार्किंग गरेको गाडी भित्र रहेको थियो । त्यसैगरी आज बिहान नै धुलिखेलमा सलह देखिएको भन्दै सामाजिक संजालमा केहि धुलिखेलबासीले फोटो पोष्ट गरेका छन्।
सामाजिक सन्जालमा सलह भेटिएकाे जानकारी दिइए पनि काठमाण्डाै उपत्यकामा भेटिएकाे भनेर सरकारले औपचारिक रूपमा भनेकाे छैन । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएकाे छ । सरकारले सलहले ठुलाे क्षति नपुर्याउने जनाएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया