उत्तरगया दैनिकले स्थापना गरेको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार भट्टलाई
विदुर खबर
२०७७ असार १४ गते १३:५४

बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले जिल्लाको पत्रकारीता क्षेत्रमा क्रियाशिल पत्रकारहरु मध्ये एकजनालाई बर्षेनी क्रियाशिल पत्रकारीता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
दैनिकका सम्पादक बिष्णु चालिसेका अनुसार यसबर्ष उक्त पुरस्कारबाट नुवाकोटको पत्रकारीता क्षेत्रमा लामो समयदेखि क्रियाशिल देबचन्द्र भट्टलाई प्रदान गरिने भएको छ । २५ हजार रुपैया पुरस्कार राशीको उक्त पुरस्कार आगामी साउन ६ गते पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समेत सम्पादक चालिसेले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया