रसुवामा पहिरोको जोखिम, हजार घर असुरक्षित
विदुर खबर
२०७५ असार ३१ गते ४:५२

गत वर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्ती पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन । बस्तीमुनिबाट गएको पहिरोका कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै विताए ।

यो वर्ष फेरि बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार असुरक्षित छन् । यी परिवार सुरक्षित स्थानको खोजिमा लागेका छन् । बस्ती मुनी र माथिबाट पहिरो झर्न थालेपछि अब गाँउ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङले बताए ।
गाउँमा बनाएको नयाँ सडकमा समयमै नालाको व्यवस्था गर्न नसक्दा समस्या आएको उनको भनाइ छ । गाउँपालिकाको नाला काट्छ भनेर हामी ढुक्क भएर बस्यौै । तामाङले भने । तर, उसले समयमा नै काम गरेन । पहिरोले बस्ती नै लैजाने अबस्था आएपछि बल्ल नाला बनाएर पानी कटाउन गाउँले लागिपरेका छन् । नागरिक दैनिकबाट ।
सम्बन्धित
प्रतिक्रिया