पत्रकारको क्यामेरा हामीले फुटाएका होइनौ : वडाध्यहरु (विज्ञप्तीसहित)

विदुर खबर २०७७ असार ११ गते २१:४३
वडाअध्यक्षहरुले जारी गरेको प्रेस विज्ञप्ती ।

                                                                 वडाअध्यक्षहरुले जारी गरेको प्रेस विज्ञप्ती ।

विदुर । तारकेश्वर गाउँपालिका वडा नम्बर १, ३ र ६ का वडाअध्यक्षहरुले पत्रकारको क्यामरा आफुहरुले नफुटाएको दाबी गरेका छन् ।

Advertisement

विहिबार एक विज्ञप्ती जारी गर्दै वडा नं. १ का वडाध्यक्ष दयानिधी अधिकारी, वडा नंं. ३ का वडाअध्यक्ष सूर्यमान श्रेष्ठ र वडा नं. ६ का वडाअध्यक्ष ज्ञानेन्द्र तामाङले सो कुरा बताएका हुन् । बुधबार तारकेश्वर गाउँपालिकाको गाउँसभामा दृश्य खिच्ने क्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाअध्यक्षद्दारा पत्रकारको क्यामेरा फुटाएको भन्ने समाचारमा आफुहरुको नाम जोडिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले गाउँपालिका अध्यक्ष रमेश वस्तीले आफुहरुको माग संम्बोधन नगरि जवरजस्ती गाउँपरिषद बोलाएको र आफुहरुले आफ्ना माग सम्बोधन नगरी परिषद बस्न नसक्ने बताउँदा गाउँपालिकाका अध्यक्षले बोल्ने बताएपछि पत्रकारको टोली सो दृश्य खिच्न आउँदा परिषद शुरु नभएकोले केही समय कुर्न आग्रह गर्दागर्दै पनि भिडियो खिच्न थालेपछि क्यामेरा प्रहरीको जिम्मा लगाएको र वाहिर के कसरी फुटेको विषयमा आफुहरु जानकारी नभएको बताएका छन् ।

Advertisement

वडाध्यक्षत्रयले आफु र आफ्नो पार्टी सदैव पुर्ण प्रेस स्वतन्त्रता,अभिव्यत्ति स्वतन्त्रता र मानवअधिकारको पक्षमा रहेको भन्दै आफुहर जिम्मेवार र सचेत समेत रहेको वताएका छन् । साथै उनीहरुले तत्कालिन समयमा आफु र आफ्ना कार्यकर्ताहरुबाट संचारकर्मीमा कुनै चोट पुगेको भए क्षमा समेत मागेका छन् ।

त्यस्तै उनीहरुले गाउँपालिकाका अध्यक्षलाई सर्वसहमत गरि अगाडी बढौ भनेर बताउँदा समेत आफुहरुको माग सम्बोधन नभएकोले सो घटनाको जिम्मा गाउँपालिकाले लिदै पत्रकारको संचार सामाग्रीको क्षतिपूर्ति समेत गाउँपालिकाले नै तिर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

Advertisement

प्रतिक्रिया