धादिङका दुई नगरपालिकाको बजेट पारित

विदुर खबर २०७७ असार ११ गते २०:३०
धादिङ । जिल्लाको दुई नगरपालिकाले निति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ लागि १ अर्व ३ करोड ११ लाख ५५ हजार ८ सय २० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु तर्फको ५६ करोड ६३ लाख ९४ हजार ६ सय ९, विनियोजन मध्ये ५२ करोड ४९ लाख २ हजार ३ सय ९३ खर्च हुने अनुमान गरिएको नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीले बताउनुभएको छ ।

Advertisement

त्यस्तै पूजीँतर्फ ४४ करोड ४४ लाख ६ हजार ७ सय ९४, बित्तीय समानीकरण संङघबाट २३ करोड ५ लाख, बित्तीय समानीकरण पैदेशबाट १ करोड ८ लाख ८४ हजार, शर्सत अनुदान संङघबाट रु ३७ करोड २८ लाख, शर्सत अनुदान प्रदेशबाट २ करोड ५७ लाख ७० हजार,आन्तरिक आय ३ करोड, आन्तरिक आय मौज्दाद १३ करोड १५ लाख रहेको नगरपालिकाका उप–मेयर भण्डारीले बताउनुभयो ।

त्यस्तै राजश्व बाँडफाँड प्रदेशबाट ५ करोड ३७ लाख ६२ हजार,बिशेष अनुदान सङघबाट २ करोड, बिशेष अनुदान प्रदेशबाट ३५ लाख,समपुरक अनुदान सङघबाट ५० लाख, ,समपुरक अनुदान प्रदेशबाट २ करोड ९९ लाख ९० हजार गरी कूल १ अर्व ३ करोड ११ लाख ५५ हजार ८ सय २० रुपैंयाको बराबरको वजेट प्रस्तुत गरिएको थियो । जुन कुल बजेटमा ६९ दशमलव ५८ प्रतिशत चालू र ३० दशमलव ४२ प्रतिशत पूंजीगत खर्चको अनुमान गरिएको छ ।

Advertisement

यसैगरि धुनिबेशी नगरपालिकाले ६९ करोड ३३ लाख ८७ हजार ५ सय रुपैँयाको बजेट बिनियोजन गरेको छ । बुधबार नगरपालिकाको उपमेयर निरु खरेलले चालू प्रकृतीका कार्यक्रम अनुसार ३९ करोड ६४ लाख ६ हजार ५ सयले हुन आउने ५७.१८ प्रतिशत र पुँजिगत कार्यक्रम तर्फ २९ करोड ६९ लाख २२ हजारले हुन आउने ४२.८२ प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाको उपमेयर निरु खरेलले चालू प्रकृतीका कार्यक्रम अनुसार ३९ करोड ६४ लाख ६ हजार ५ सयले हुन आउने ५७.१८ प्रतिशत र पुँजिगत कार्यक्रम तर्फ २९ करोड ६९ लाख २२ हजारले हुन आउने ४२.८२ प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । उपमेयर खरेलले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम तथा बजेटको बिषयमा उठेका प्रश्नहरुको जवाफ भने मेयर बालकृष्ण आचार्यले दिनुभएको थियो ।

Advertisement

प्रतिक्रिया