नुवाकोटे जनताले देखाएको सद्दभावबाट उत्साहीत छु : राजदुत पाण्डे

विदुर खबर २०७७ असार ९ गते १८:००

विदुर । देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले  चीनका लागि नवनियुक्त राजदुत महेन्द्रबहादुर पाण्डेलाई  सम्मान गरेको छ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेकाे प्रतिष्ठानले राजदूत पाण्डेलाई बधाई तथा शुभकामना दिन एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नवनियुत्त राजदुत पाण्डेले नुवाकोटका जनताले देखाएको सद्भावबाट आफुलाई निकै उत्साहित बनाएको बताएका छन ।आफुलाई निकै उत्साहित बनाएको बताएका छन । उनले आफ्नो तर्फबाट जिल्लालाई निराश हुन नदिने समेत प्रतिवद्दता व्यत गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक केशव पाण्डे, विदुर नगरपालिकाका पूर्व मेयर ठाकुर गजुरेल,काङ्ग्रेस नुवाकोटकी नेतृ बिन्दा अर्याल, देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका उपाध्यक्ष बद्रीलाल श्रेष्ठ र सहसचिव रामहरि गजुरेलले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

 

प्रतिक्रिया