जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षहरु धर्नामा

विदुर खबर २०७७ असार ९ गते १५:५५

जनकपुर । मेयर र उपमेयर आगामी आर्थिक वर्षको कार्ययोजना बारे कुनै जानकारी नदिइकन नगरसभा गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका छन् ।

Advertisement

नगरसभामा प्रस्तुत हुने कार्य योजनाबारे कुनै जानकारी नदिइकन मंगलबार तय गरिएको नगरसभाको विरोध गर्दै असन्तुष्ट वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु धर्नामा बसेका थिए । धर्नामा बसेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र विरुद्ध नाराबाजी समेत गरिरहेका छन् । नगरप्रमुख साहले कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन गर्न नदिई सोझै पारित गर्न लागेको र जबरजस्ती माईन्युटमा हस्ताक्षर गर्न दबाब दिइरहेकाले नगरसभा हुन नदिन आफूहरु धर्नामा बसेको वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले बताउनुभयो ।

प्रत्येक वर्ष उपमहानगरको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकामा आफूहरुलाई उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा पनि वडाअध्यक्षहरुको माग रहेको छ ।

Advertisement

प्रतिक्रिया