जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षहरु धर्नामा
जनकपुर । मेयर र उपमेयर आगामी आर्थिक वर्षको कार्ययोजना बारे कुनै जानकारी नदिइकन नगरसभा गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका छन् ।
नगरसभामा प्रस्तुत हुने कार्य योजनाबारे कुनै जानकारी नदिइकन मंगलबार तय गरिएको नगरसभाको विरोध गर्दै असन्तुष्ट वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु धर्नामा बसेका थिए । धर्नामा बसेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता मिश्र विरुद्ध नाराबाजी समेत गरिरहेका छन् । नगरप्रमुख साहले कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन गर्न नदिई सोझै पारित गर्न लागेको र जबरजस्ती माईन्युटमा हस्ताक्षर गर्न दबाब दिइरहेकाले नगरसभा हुन नदिन आफूहरु धर्नामा बसेको वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले बताउनुभयो ।
प्रत्येक वर्ष उपमहानगरको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकामा आफूहरुलाई उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनुपर्नेमा पनि वडाअध्यक्षहरुको माग रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया