नेकपा लिखुले विभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझायो


गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै नेकपा लिखुका प्रतिनिधिहरु ।
लिखु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लिखु गाउँपालिका कमिटिले गाउँपालिकालाई विभिन्न माग गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लिखुका प्रतिनिधिहरुले गनउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ र उपप्रमुख रोजिना राईलाई ज्ञापनपत्र बुझाएको हो । नेकपाको टोलिले गाउँपालिकाले प्रयोग गर्दै आएको सवारीसाधनहरुको दुरपयोग भएकोले सवारीसाधनको विवरणबारे जानकारी दिनुपर्ने,गाडी मर्मत खर्चमा दुरुपयोग भएको,कोरोना महामारीको पुर्वतयारीको अवस्थाको जानकारी गराउन समेत माग गरिएको छ ।
त्यस्तै गाउँपालिकालाई भार पारेर केही कर्मचारीहरु कार्यालय नै नआई तलबभत्ता बुझ्ने गरेको र स्वास्थ्य शाखाका कर्मचारीहरु गाउँपालिकामा नै राख्नुपर्ने माग गरेका छन । ज्ञापनपत्र बुझदै गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले गाउाँपालिका सबैसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्न सधै तयार रहेको बताए ।
यसअघि नेकपा शिवपुरी कमिटिले समेत गाउँपालिकालाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया