बेलकोटगढीका दाहाल दम्पतिले दिए मेरोमाइक्रोफाइनान्सलाई एक महिनाको भाडा छुट
विदुर । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढीरहेको अवस्थालाई मध्यनजर गर्दै मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडलाई युग प्रसाद दाहालले घरभाडामा सहुलियत दिएका छन् ।
सरकारले घरभाडा छुट गर्न आग्रह गरिरहेको छ ।
प्रायः घरबेटीलेहरुले साह्रै न्युन आय भएकाहरु बाहेकलाई घरभाडा छुट दिएका छैनन् । कतिपय दैनिक ज्याला मजदुरी गर्नेहरुले तिर्न सक्ने अवस्था नहुदा पनि छुट दिइरहेका छैनन् । तर बेलकोटगढी नगरपालिका ८, नुवाकोटमा रहेको मेरोमाइक्रोफाइनान्सको कल्याणी शाखा कार्यालयलाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी दाहालले सामाजिक दायित्व निर्वाह गरेको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए । ‘लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको अवस्था छ, ब्यवसाय संचालन गर्न सकेको छैन, यसले गर्दा अहिलेको अवस्था सहज छैन । र सरकारले पनि एक महिनाको भाडा नलिन आब्हान गरेकोमा आफूले पनि मानबताको भूमिका निर्वाह गरेको’ युग प्रसाद दाहालले बताए । त्यस्तै, तिन महिनादेखि ठप्प रहेको ब्यापार ब्यवसायलाई ध्यान दिएर कोरोना माहामारीले उत्पन्न गरेको विपत्तीको अवस्थामा सबैले उदारता देखाउनु पर्ने दाहाल दम्पतीले बताए ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । त्यसको साथै बिभिन्न स्थानिय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेकोे छ । नुवाकोटको बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई ५० हजार आर्थिक सहयोग गरिसकेको संस्थाले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लमा १२० शाखा कार्यालय र बट्टार अनुगमन नुवाकोट अन्र्तगत ३ जिल्लामा ८ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया